सिरहा । दुईवटा कर्तव्य ज्यान मुद्दाका अभियुक्त ३२ वर्षपछि सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सिरहा नगरपालिक–२० का ६८ वर्षीय हिरवा सहनी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।
२०४४ साल पुस १३ गते सिरहाको कृष्णपुर गाविसमा रामनाथ यादब र रामचन्द्र यादबलाई गोली हानि हत्या गरिएको थियो । उक्त घटनामा मृतक दुबैजनाका बुवाले किटानी जाहेरी दिएका थिए ।
त्यस्तै २०६० पुस १७ गते नै सन्हैठा गाविस–२ मा एक पाँच महिने शिशुलाई हत्या गरेको अभियोगमा अदालतले सहनीलाई दोषी ठहर गरेको थियो ।
कर्तव्य ज्यानको एउटा मुद्दामा सहनीलाई अदालतले १० वर्ष र अर्कोमा २० वर्षको सजाय तोकेको थियो ।
सहनीलाई सिरहा जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया