आन्दोलनकारी र प्रहरीबीच झडप, रिर्पोटिङमा गएका पत्रकार कुटिए

डोटी, ६ माघ । डोटीमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । प्रादेशिक राजधानीको माग गर्दै आएका आन्दोलनकारी र प्रहरीका बिचमा झडप भएको हो झडपका क्रममा एक दर्जन आन्दोलनकारी र ५ जना प्रहरी घाइते भएका छन । घाइते हुनेहरुमा एमाले डोटीका अध्यक्ष चक्र मल्ल, दिपायल सिलगढी नगरपालिकामा मेयर मञ्जु मलासी, सायल गाउँपालिकाका उपाध्यक्ष बिस्ना सिंह, माओवादी केन्द्रका केन्द्रिय सदस्य जर्नादन जोशी, आन्दोलनकारी शुसिल घर्ति, शेरबहादु र मल्ल, मेरिना श्रेष्ठ, बिजयराज ओझा, केशब नेपाली, शन्तोस केसी रहेका छन । झडपमा प्रहरी तर्फका ईन्सपेक्टर सहित ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख मधुसुधन लुइटेलले जानकारी दिएका छन् चार जना घाइते प्रहरीको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । उपचार हुनेहरुमा शमशेर मल्ल, राजदत्त कवाडी, बिरेन्द्रबहादुर बिष्ट र इन्दबहादुर भुल घाइते आन्दोलनकारी अझै थपिने अनुमान गरिएको छ आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा स’रक्षामा रहेका प्रहरी माथी ढुङ्गामुडा गरेपछी प्रहरीले स्थिती नियन्त्रणमा लिनका लागी ३ दर्जन भन्दा बढी अश्रु ग्यास प्रहार गरेको छ । डोटीमा स्थिती तनाबग्रस्त बनेको छ । स्थिती नियन्त्रणमा लिनका लागी अश्रु ग्यास प्रहार गर्नु परेको प्रशासनले बताएको छ समाचार रिर्पोटिङ लागी खटिएका पत्रकारमाथी पनि प्रहरीले कुटपिट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?