खेलाडीमाथिको कारबाहीमा अखिल नेपाल फुटबल संघ (एन्फा) केही नरम बनेको छ । विमल घर्तीमगर सहित अन्जन बिष्ट, दिनेश राजवंशी र सन्तोष तामाङमाथि गरिएको प्रतिबन्ध २७ दिन घटाएको छ ।
यसअघि एन्फाले विमल र दिनेशलाई ९० दिन तथा अन्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध सहित जनही ५० हजार रुपैयाँ जरिवानाको कारवाही गरेको थियो । एन्फाले यसअघि खेलाडीको कारबाही प्रक्रिया मंसिर २७ गतेदेखि सुरु हुने जनाएको थियो । एन्फा अनुशासन समितिको निर्णयपछि चार खेलाडीले एन्फाकै अफिल कमिटिमा कारवाही हटाउन अपिल गरेका थिए । त्यसपछि हाल एन्फाले कारवाही प्रक्रिया मंसिर २७ बाट नभएर कात्र्तिक ३० गतेबाट लागु हुने निर्णय गरेको हो ।
खेलाडीलाई ५० हजार आर्थिक जरिवाना भने कायम नै राखिएको एन्फाले जनाएको छ । नेपालले सन् २०२२ को विश्वकप छनोट अन्तर्गत भुटानमा कुवेतसँग खेल्नु अघिल्लो दिन यी चार खेलाडी क्याम्पबाट भागेर ठमेल र दरबारमार्गका विभिन्न डिस्को र रात्री क्लब गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया