धनकुटा । धनकुटामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । धनकुटाको चौबिसे गाउँपालिका–७ का ५२ बर्षीय लाकबर लिम्बूको लडेर मृत्यु भएको छ ।
मंगलबार बिहान ८ बजे खानेपानीको पाईप मर्मतको लागि पैरेपाटा गएका लिम्बू भीरबाट लडेर घाइते भएका थिए ।
घाईते लिम्बूको बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया