१६ असार २०७९, बिहीवार

स्वास्थ्य संस्थामा प्रसूति गराए रु पाँच हजार

२०७४,माघ,६,शनिवार ११:११

0
Shares

काठमाडौं । मान्यताप्राप्त स्वास्थ्य संस्थामा प्रसूति गराएवापत गाउँपालिकाले थप प्रोत्साहन भत्ता दिने भएको छ । थुलुङ दूधकोशी गाउँपालिकाले स्वास्थ्य संस्थामा गएर प्रसूति गराउने आमालाई प्रोत्साहनस्वरुप रु पाँच हजार दिने भएको हो । गाउँपालिकाको प्रथम गाउँसभाले सो निर्णय गरेसँगै शुक्रबारदेखि औपचारिक रुपमा लागू भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । गाउँपालिका– ३ पञ्चनबाट सो सेवा शुरु गरिएको छ गर्भवती र नवजात शिशुको जीवनरक्षा गर्नु स्थानीय तहको पनि जिम्मेवारी रहने भएकाले घरैमा प्रसूति गराउने प्रथा अन्त्य गर्न गाउँपालिकाले सो काम शुरु गरेको उनको भनाइ छ । उनले भन्नुभयो, “स्वास्थ्य संस्थामा प्रसूति गराएको रिपोर्ट पेश गर्ने हरेक आमाले गाउँपालिकाको तर्फबाट रु पाँच हजार पाउँछन्, यो सुविधा प्रदान गर्ने जिल्लाको पहिलो गाउँपालिका हो ।” साविक सात गाविस मिलाएर बनाइएको सो गाउँपालिकामा नौ वटा वडा तथा १९ हजार ६७२ जनसंख्या छ । भौगोलिक विकटता रहेको सो गाउँपालिकाका वडा नं ४, ५ र ९ मा सडक सञ्जाल जोडिएको भए पनि जीप सेवासमेत सञ्चालन हुन सकेको छैन स्थानीयवासीले खोटाङको ऐसेलुखर्क हुँदै ट्र्याक्टरमार्फत सामान ढुवानी गरे पनि सदरमुकाम सल्लेरीलगायत अन्य स्थानमा जानका लागि करिब चार घण्टासम्मको पैदल हिँड्नुपर्ने बाध्यता छ । आकस्मिक बिरामी भएमा साविक जोखिम र जुबुका बासिन्दाले हेलिकप्टरकै प्रयोग गर्छन् । कतिपयले खर्च अभावकै कारण घरैमा प्रसूति गराउने हुँदा अकालमै आमा र शिशुको ज्यान जाने गरेकाले गाउँपालिकाले प्रोत्साहन भत्ता प्रदान गरेको अध्यक्ष राईको भनाइ छ ।

प्रकाशित मिति: २०७४,माघ,६,शनिवार ११:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १५ अर्थात् राष्ट्रिय धान दिवस । अझ दिवस विशेषभन्दा पनि नेपाली कृषकहरुको सबैभन्दा ठूलो पर्व । ‘मानो

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले आज विभिन्न कार्यक्रम गरी आठौैँ अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी

काठमाडौं । विज्ञहरूका अनुसार मोटोपना क्यान्सरको उच्च जोखिमसँग सम्बन्धित छ । तर, तौल घटाउने शल्यक्रियाले क्यान्सरको जोखिम कम गर्ने एउटा

काठमाडौं । के तपाईँ धेरै अग्लो हुनुहुन्छ ? एउटा पछिल्लो अध्ययनलाई विश्वास गर्ने हो भने अग्ला मानिसलाई स्वास्थ्यसम्बन्धी दर्जनौँ समस्याको

ताजा समाचार

एनआरटी र कारो एफसी भिड्दै
 २०७९,असार,१६,बिहीवार १२:२९
ओली भेट्न बालकोट पुगे वामदेव
 २०७९,असार,१६,बिहीवार १२:२७
यस्तो छ विदेशी मुद्राको विनिमयदर
 २०७९,असार,१६,बिहीवार १२:२१
लुम्बिनीमा ३३ प्रतिशत मात्र धान रोपाईं
 २०७९,असार,१६,बिहीवार १२:१४
पोखरा बसपार्क निर्माण प्रक्रिया सुरु
 २०७९,असार,१६,बिहीवार १२:०६