काठमाडौं । मलेसियामा रोजगारमा गएर अवैध रुपमा बसोबास गरेका नेपालीलाई जनवरी १ बाट धरपकड गर्ने त्यहाँको सरकारले तयारी गरेको छ ।
भिसा सकिएर अवैध रुपमा बस्दै आएका नेपालीहरुलाई मलेसियन सरकारले घर फर्कनको लागि अवसर प्रदान गरेको छ। उक्त समयमा आफ्नो देश नफर्कीए धरपकड गर्ने भएको हो । नेपालीहरुलाई घर फर्कन जनवरी १ (पुस १६) सम्ममा समय दिएको छ ।
मलेसिया सरकारले नेपालीहरुलाई घर फिर्तिका लागि आममाफी दिएको समय सकिन केहि दिन मात्र बाँकी छ । त्यहाँ स्थित एनआरएन मलेसियाले अवैध रुपमा बस्दै आएका नेपालीहरुलाई घर फर्कनका लागि आग्रह गरेको छ।
एनआएनले उक्त अवसरको सदुपयोग गर्न मलेसियामा अवैध रुपमा बसेका नेपालीहरुसँग आग्रह गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया