जहाँ आफ्नै बुबाले गर्छन् छोरीसँग विवाह

appharu
0
Shares

एजेन्सी । प्रत्येक देशको आ-आफ्नै कानून हुन्छ । कुनै देशका कानून धेरै कडा हुन्छन् त केहि देशका साधारण । तर यो खबर सायदैलाई मात्र थाहा होला । जहाँ पिताले आफ्नो छोरीसँग विवाह गर्ने कानुन छ । त्यो देश हो इरान ।

इरानको कानून अनौठो छ । सबैलाई चकित पार्ने यो कानून मा आफ्नै पिताले आफ्नी छोरीसँग विवाह गर्न सक्ने छन् । सन् २०१३ मा इरानमा यो कानून लागू भएको थियो ।

यस कानूनका अनुसार कोहि पनि पिताले आफ्नै छोरीसँग विवाह गर्न सक्ने नियम रहेको छ । विवाहका लागि छोरीको उमेर १३ वर्ष पुगेको हुनुपर्छ ।

यति मात्र होइन यहाँका कोहि पनि महिलाहरु नचिनेको पुरुषसँग हात समेत मिलाउन निषेध छ । यदि नजानेको पुरुषसँग कोहि महिलाले हात मिलाएको मात्र पाएपनि उसलाई कानुन अनुसार समात्न सकिन्छ ।

केहि समय अगाडि मात्र इरानको अन्डर-२३ महिला भलिबल टिमले ग्लोबल च्यालेन्ज जितेको थियो तर पनि उनीहरुले पुरुष कोचसँग हात मिलाउन पाउँदैन थिए ।

उनीहरुले एक क्लिपबोर्डको माध्यामबाट हात मिलाएर जीत मनाएका थिए । इरानमा महिलाहरुलाई टाइट कपडा लगाउन पनि निषेध छ । आफ्नो पतिले सम्बन्ध राख्न चाहेमा महिलाहरुले मान्नै पर्छ ।

महिलाहरुले हिजाब पनि लगाउनै पर्ने नियम छ । यदि नलगाइएको पाइएमा उनीहरुलाई २ महिनाको जेल सजाय हुन सक्छ । साथै महिलाहरुले चाहेर पनि सम्बन्धबिच्छेद गर्न मिल्दैन । यहाँ पुरुषले मात्र सम्बन्ध बिच्छेद गर्न सक्छन् । यदि पतिले चाहेमात्र पत्नीले काम गर्न सक्छन् । साथै इरानमा सडकमा गीत गायो भने पनि सजाय मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?