फर्पिङमा सुमोको ठक्करबाट स्कुटी चालकको मृत्यु

काठमाडौं, ६ माघ । काठमाडौंको फर्पिङमा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् मृत्यु हुनेमा दक्षिणकाली नगरपालिका–६ का २७ वर्षिया एलिसा भण्डारी रहेकी छिन् । गम्भीर घाईते भएकी एलिसाको उपचारको क्रममा बयोधा अस्पताल बल्खुमा राती साढे २ बजे मृत्यु भएको हो गएराती सवा १० बजे कुलेखानीबाट काठमाडौ आउँदै गरेको ना १ ३३७५ नम्बरको टाटा सुमोले बा ५७ प ३०७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो टाटा सुमो सहित चालकलाई महानगरीय प्रहरी प्रभाग फर्पिङ्गले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?