अन्तरिक्षमा गाँजा पठाउँने वैज्ञानिकको घोषणा

एजेन्सी । वैज्ञानिकहरुले दिनदिनै केहि न केहि नयाँ कुराको आविस्कार गरिरहेकै हुन्छन् । अनुसन्धान कर्ताहरुको लिस्टमा एलन मस्क चर्चित नाम हो । उनले भर्खरै मात्र अन्तरिक्षमा गाँजा पठाउने घोषणा गरेका छन् ।

यो काम मार्च २०२० मा सुरु गरिने बताइएको छ । यसमा एक स्पेश क्याप्सूलको प्रयोग गरिने बताइएको छ । टेक्नोलोजीको जमानामा विज्ञानले संसारमा ठूलो परिवर्तन गर्ने वाला मस्क एक क्रान्तिकारी कदम उठाउन गईरहेका छन् ।

एलन मस्कले स्पेस क्यापसूल अन्त्रिक्षमा पठाउने निर्णय गरेका हुन् । उनका अनुसार ड्रेगन नामको स्पेस क्याप्सूल अन्तरिक्षमा पठाइने छ । यसले अन्तरिक्षमा गाँजा डेलिवरि गर्ने छ ।

गाँजा बाहेक पनि अन्तरिक्षमा अन्य ४८० प्रकारका जडिबुटी पठाइने तयारी गरिएको छ । यसबारे अनुसन्धानमा कोलोराडो युनिभर्सिटीले साथ दिने बताइएको छ ।

गाँजाको साथमा ४८० प्रकारका जडिबुटी अन्तरिक्षमा पठाउनुको कारण गाँजा र जडिबुटीमा देखिने असर पत्ता लाउनु रहेको छ । साथै अन्तरिक्षमा जडिबुटीमाथि कस्तो प्रतिक्रिया आउँछ त्यसको परिक्षण र त्यसै अनुसार रिसर्चका लागि पठाइने बताइएको छ ।

एलन मस्कले केहि दिन अगाडि मात्र गाँजा तानिरहेको भिडियो सार्वजनिक भएको थियो । एलनका अनुसार जडिबुटीलाई अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा राखिने छ । यो रिसर्च ३० दिन सम्म चल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?