३ करोड ठगी गर्ने पारस पक्राउ

काठमाडौँ, ६ मङ्सिर- रोजगारीको लागि जापान, अमेरिकालगायतका देशमा पठाउने प्रलोभन दिँदै करोडौँ ठगी गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने नुवाकोट थानपतीका ३९ वर्षीय पारस लोहनी हुन् उनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले बुधबार काठमाडौं–१६ सोह्खुट्टेबाट पक्राउ गरेको हो प्रहरीका अनुसार उनले फ्रान्स, जापान, सिंगापुर, अमेरिकालगायतका देशहरूमा पानीजहाजमा आकर्षक सेवा सुविधासहितको रोजगारी दिने प्रलोभन देखाई प्रतिव्यक्ति ७ लाखदेखि ३५ लाख रुपैयाँसम्म लिएका थिए, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?