चलचित्र ‘गोपी’ युट्युबमा सार्वजनिक, २४ घण्टामा ४ लाख ९६ हजार भ्यूज (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘गोपी’ले युट्युबमा सार्वजनिक २४ घण्टामा ४ लाख ९६ हजार भ्यूज पाएको छ । माघ १८ गतेदेखि प्रदर्शनमा आएको चलचित्र आइतबार बेलुकी युट्युबमा सार्वजनिक भएको हो ।

चलचित्र गोपीले युट्युबमा सार्वजनिक भएको २४ घण्टामा ४ लाख ९६ हजार ३ सय ४९ दर्शकको माया पाएको छ । भिडियोमा ९ सय १७ जनाले कमेन्ट गरेका छन्, भने ११ हजारले लाइक गरेका छन् । यस्तै ४२२ डिसलाइक पाएको छ । भिडियोमा अधिकांस कमेन्ट पोजिटिभ आएको छ ।

चलचित्रमा विपिन कार्की, सुरक्षा पन्त र वर्षा राउतको मुख्य भूमिका रहेको छ ।

देशमै केही गर्छु भन्ने अभिलाषा बोकेका गाईपालक विपिनलाई घर परिवार र समाजबाट गरिएको अपेक्षा र गाई पाल्ने क्रममा आइपर्ने विभिन्न बाधालाई चलचित्रमा समेटिएको छ । दृढ इच्छाशक्ति र निरन्तरको प्रयासले देशमै राम्रो उद्यम गर्न सकिन्छ भन्ने सन्देश चलचित्रले झल्काउँछ ।

विपिन, सुरक्षा र बर्षाका साथ चलचित्रमा अंकीत खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ति सिमली, हिउँबाला गौतम, सरोज अर्याल, इन्द्रजित चौलागाईं, केशव राई, कमल मणि नेपाल, अपूर्व गौतम, गणेश मुनाल राम बाबु गौतम, बाल कलाकार स्वर्णीम पौडेल लगायतको अभिनय रहेको छ ।

आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् भने पटकथा सामिप्यराज तिमल्सेनाको रहेको छ । आरोही केसीको निर्माण रहेको चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् ।

चलचित्रमा शैलेन्द्र डि कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रमा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले संगीत भरेका छन् भने शिव परियार, धुर्व विस्को, एन्जिला रेग्मी लगायतको स्वर सुन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?