पोखरा प्रिमियर लिग : काठमाडौंविरुद्ध चितवन ब्याटिङ गर्दै

काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटमा अहिले चितवन राइनोज र काठमाडौं गोल्डेन्स भिड्दैछन् ।

काठमाडौंले टस जित्दै पहिले फिल्डिङ रोजेको छ । काठमाडौंले बलिङ गर्ने निर्णय गरेपछि चितवनले सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।

चितवन राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको नेतृत्वमा मैदान उत्रदा काठमाडौं वर्तमान कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा छन् ।

काठमाडौंका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । प्रतियोगिताको प्ले अफमा स्थान बनाउन काठमाडौंलाई जित्नै पर्ने दबाब रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?