१६ असार २०७९, बिहीवार

शिक्षक सेवा आयोग अलमलमा

२०७४,माघ,६,शनिवार ०८:०५

9
Shares

काठमाडौँ, ६ माघ- सरकारले शिक्षा ऐन (२०२८) नवौं संशोधनमा शिक्षकको योग्यता निर्धारण नगर्दा शिक्षक सेवा आयोगको कार्यतालिका प्रभावित भएको छ । आयोगले शिक्षक पदपूर्ति, बढुवा र अध्यापन अनुमतिपत्र प्रदान गर्छ ‘शिक्षा ऐन नवौं संशोधनसँगै विद्यालय तहको नयाँ संरचना लागू भयो,’ आयोगका अध्यक्ष ताना गौतमले भने, ‘तर शिक्षकको योग्यता नतोकेकाले चालु आर्थिक वर्षको कार्यतालिका अघि बढ्न सकेन ।’ संशोधित ऐनले विद्यालय तहअन्तर्गत शिशु कक्षादेखि ८ कक्षासम्म आधारभूत र कक्षा ९–१२ लाई माध्यमिक तह कायम गरेको छ आयोगले पुरानो संरचनाअनुसार कक्षा १–५ प्राथमिक, कक्षा ६–८ निमावि तथा ९–१० माध्यमिक तहको संरचनाअनुसार शिक्षक व्यवस्थापनको जिम्मेवारी पाएको छ जसमा प्राथमिक तह पढाउन शिक्षकको न्यूनतम योग्यता कक्षा १२, १० सम्म पढाउन स्नातक र प्रधानाध्यापक हुन स्नातकोत्तर हुनुपर्ने प्रावधान छ । तर, कक्षा १२ सम्म माध्यमिक तह कायम भएपछि शिक्षकको शैक्षिक योग्यता तोकिएको छैन । ‘सरकारले तत्काल शिक्षकको योग्यता निर्धारण गरिदिए काम सहज हुनेछ,’ अध्यक्ष गौतमले भने आयोगको रेकर्डअनुसार देशभरि १ लाख ७ हजार शिक्षक दरबन्दी छ । ऐनअनुसार अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) पाएकाले मात्र प्रतिस्पर्धा गर्न सक्छन्, कान्तिपुरमा खबर छ  ।

प्रकाशित मिति: २०७४,माघ,६,शनिवार ०८:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गोरखा । गोरखा बजार आसपासमा दर्जनौँ फार्मेसीहरू मापदण्ड विपरीत सञ्चालन भइरहेका छन् । मापदण्ड विपरीत चलिरहेका फार्मेसीहरूमा फार्मेसिष्ट हुँदैनन्, चिकित्सकको

जनकपुर । पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ सुरु भएको छ । ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ

भक्तपुर । सधैं कक्षाकोठामा रहने भक्तपुरको एउटा स्कुलका विद्यार्थी बुधबार धान रोपाईमा रमाएका छन् । भक्तपुर नगरपालिका वडा नं २

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौंमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम

ताजा समाचार

यस्तो छ विदेशी मुद्राको विनिमय दर
 २०७९,असार,१६,बिहीवार १२:२१
लुम्बिनीमा ३३ प्रतिशत मात्र धान रोपाईं
 २०७९,असार,१६,बिहीवार १२:१४
पोखरा बसपार्क निर्माण प्रक्रिया सुरु
 २०७९,असार,१६,बिहीवार १२:०६
आज घट्यो सुनचाँदीको मूल्य
 २०७९,असार,१६,बिहीवार ११:४२