भेर्नोन फिलान्डरले सन्यास लिने

एजेन्सी । दक्षिण अफ्रिकाका अलराउन्डर भेर्नोन फिलान्डरले इंग्ल्यान्डविरुद्धको टेष्ट सिरिजपछि सन्यास लिने घोषणा गरेका छन् ।

३४ वर्षीय फिलान्डरले घरेलु मैदानमा हुने चार खेलको टेष्ट सिरिजपछि सन्यास लिने बताएका छन् ।

दक्षिण अफ्रिकाले सेन्चुरियनमा बिहिबार इंग्ल्यान्डसँग खेल्दै टेष्ट सिरिजको सुरुवात गर्दैछ ।

फिलान्डरले दक्षिण अफ्रिकाका लागि सबै फर्म्याटमा ९७ खेल खेल्दै २ सय ६१ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?