मनोज गजुरेल छोरासँग, मीना ढकाल छोरीसँग !

काठमाडौं – ‘कमेडी किङ’ मनोज गजुरेल र श्रीमती मीना ढकालले आपसी सहमतिमा सम्बन्ध बिच्छेद गरेका छन्। केही समम अगाडि हास्यकलाकार गजुरेल र उनकी श्रीमती ढकालले दुई परिवारको सहमतिमै सम्बन्ध बिच्छेद गरेका हुन्। सम्बन्ध बिच्छेदको सम्बन्धमा गजुरेलले भने, ‘आपसी सहमतिमै हाम्रो असन्तुष्टिलाई अलगअलग बस्नेगरी टुंगो लगाएका छौँ।’२०५३ सालमा प्रेम विवाह गरेको यो जोडीले पुस ११ गते भक्तपुर अदालतबाटै कानुनी प्रक्रिया पूरा गरेर अलग बस्न थालेको हो। ‘छोरा मसँग छ। छोरी मीनासँग’, गजुरेलले भने, ‘किन अलग भयौँ भन्नु भन्दा पनि असन्तुष्टिको समाधान त्यही निस्कियो त्यही भयो।’सम्बन्ध बिच्छेदपछि गजुरेल बालकोटस्थित घरमा छोरासँग छन् भने मीना नयाँ बानेश्वरमा छोरीसँग बस्न थालेकी छिन्। यो जोडीको सम्बन्ध बिच्छेदको खबरले गजुरेलका फ्यान आश्चर्यमा परेका छन् भने मीनाका आफन्तसमेत चकित परेका छन्मीनाले मनोजसँग सम्बन्ध बिच्छेद नहुँदासम्म गजुरेलको घर सम्हालेको तर, अब आफैँ केही गर्ने तयारी गरिरहेको बताएकी छिन्। मीना फेसन डिजाइनर हुन्। उनले लामो समय बुटिक सञ्चालन गरेकी भए पनि पछिल्ला दिनमा उनी घर व्यवहार सम्हाल्दै थिइन्। उनले लामो समय केही गर्ने सोच हुँदाहुँदै पनि छोराछोरी हुर्काउन खर्चिएको र अब केही गर्नै पर्ने बाध्यतासमेत आएको बताएकी छिन्। मीनासँग बस्दै आएकी मेमोरी गजुरेल भर्खर कक्षा आठमा पढ्दै छिन्आपसी सहमतिमै सम्बन्ध बिच्छेद भएको बताएका गजुरेलले मिडियामा धेरै कुरा नगर्ने बताए। मीनाले समेत सम्बन्ध बिच्छेद भइसकेको अवस्थामा धेरै नबोल्नु नै राम्रो हुने बताएकी छिन्०५२ सालमा पहिलो पटक भेट भएपछि मनोज र मीना प्रेममा परेका थिए। यो जोडीको विवाह २०५३ साल वैशाखमा काठमाडौंकै एक मन्दिरमा भएको थियो। मीनाका अनुसार विवाहमा गजुरेल २२ वर्षका थिए भने उनी १९ वर्षकी थिइन्मीनाका अनुसार विवाहपछि सुरुमै पारिवारिक पृष्ठभूमि अलगअलग भएकाले यो दम्पत्तीबीच विवाद थियो। गाउँमै हुर्किएकी भए पनि बाल्यकालदेखि नै मीना आधुनिक थिइन्। ताप्लेजुङका गजुरेलको परिवारलाई त्यो कुरा स्वीकार गर्न सुरुमै कठिन भएको थियोगजुरेल बाहुन र ढकाल जैसी भएका कारणसमेत परिवारमा विवाद हुने गरेको थियो। राजनीतिक आस्थाका आधारमासमेत यो जोडीको विचार फरक छ। गजुरेल कम्युनिस्ट राजनीतिप्रति झुकाव राख्छन् भने मीना प्रजातान्त्रिक विचार राख्छिन्। मीना केही समय नेविसंघको राजनीतिमा सक्रिय थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?