माछाको तेल : आँखाको ज्योतिको लागि अचुक औषधी

काठमाडौं । माछाको तेल सेवन गर्नाले अँध्यारोमा देख्ने क्षमता वृद्धि हुन्छ । हो, आँखाको ज्योति बढाउनु छ भने नियमित माछाको तेल सेवन गर्नु लाभदायी हुन्छ ।
बेलायतको एक विश्वविद्यालयले गरेको अनुसन्धानले यो पुष्टि गरेको हो ।

‘डोकोसाहेजानोइक एसिड’ नामक तत्त्व माछाको शरीर र मानिसको आँखाको रेटिना दुवैमा हुने भएकाले यस तत्त्वले मानिसको अँध्यारोमा देख्न सक्ने क्षमतालाई अभिवृद्धि गर्नमा मद्दत गर्ने अनुसन्धानकर्ताले पत्ता लगाएका छन् ।

उक्त अनुसन्धान अन्तर्गत शुरुमा १९ जना व्यक्तिलाई उज्यालोको मात्रा घटाउँदै अंकहरुको श्रंखला पहिचान गर्न भनिएको थियो । त्यसपछि ४ हप्तासम्म उनीहरुलाई हरेक दिन ४ वटाको दरले २६० एमजी डोकोसाहेजानोइक एसिड (डिएचए) र ७८० एमजी इपिए (अर्को एसिड जुन पछि गएर डिएचएमा रुपान्तरण हुन्छ) सेवन गर्न लगाइयो र फेरि पहिलाकै तरिकाले उनीहरुको आँखाको क्षमता जाँचियो । अनुसन्धानकर्ताले ४ हप्तापछि उनीहरुको अँध्यारोमा देख्ने क्षमता वृद्धि भएको पाए ।

अचम्मको कुरा त के भने यो एसिड मानव शरीर आफैले उत्पादन गर्दैन । हाम्रो खानाको माध्यमबाट नै शरीरले आवश्यक डोकोसाहेजानोइक एसिड प्राप्त गर्दछ । जसकारण अनुसन्धानकर्ताले माछाको तेल सेवन गर्ने सल्लाह दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?