१७ असार २०७९, शुक्रवार

कांग्रेस बैठकमा प्रकाशमानको देउवासँग यस्तो आक्रोश

२०७४,माघ,६,शनिवार ०७:२६

0
Shares

काठमाडौँ, ६ मङ्सिर- कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार केन्द्रीय कार्यसमिति समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका छन् । सिंहले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर देउवाले केही दिनअघि अनौपचारिक बैठकमा अनुशासनको कारबाहीको चेतावनी दिएपछि सिंह बैठकमै आक्रामक बनेका हुन्, कान्तिपुरमा खबर छ ‘पार्टी सभापति हुँदैमा हप्काउने, धम्क्याउने र कारबाही गर्ने धम्की दिने ? हामी पनि पञ्चायती व्यवस्थाविरुद्ध लडेका व्यक्ति हौं । तपार्इंले कारबाही गर्ने भन्दैमा डराउने कुरै छैन,’ बैठकमा सिंहले भने, ‘कसले कारबाही गर्ने ? ल कारबाही गरेर देखाउनुहोस् ।’ सिंहले देउवा सिंगो पार्टीको सभापति बन्न नसकेको, केही व्यक्ति र समूहको मात्रै सभापति बनेको आरोपसमेत लगाए । ‘सीमित मान्छेलाई राखेर पार्टी चलाउने अनि कारबाहीको धम्की दिने ?,’ बैठकमा सभापतिप्रति सबैभन्दा आक्रामक देखिएका सिंहले विधि र विधानविपरीत पार्टी सञ्चालन गर्दाको परिणाम नै निर्वाचनमा पार्टी पराजित हुनुपरेको बताएका थिए समानुपातिक सांसदको सूची बुझाउँदा पार्टी सभापतिले नै केन्द्रीय कार्यसमितिको निर्णय उल्लंघन गरेको सिंहको आरोप थियो । केन्द्रीय कार्यसमिति बैठकले सुजाता कोइरालाबाहेक समानुपातिकबाट सांसद भइसकेकालाई नदोहोर्‍याउने निर्णय लिएको थियो । स्वास्थ्यका कारण प्रत्यक्षमा चुनाव लड्न नसक्ने भएपछि कोइरालालाई समानुपातिकमा राख्न केन्द्रीय कार्यसमितिको बैठकले ‘अपवाद’ मानेको थियो । तर, सभापति देउवाले एकपटक मात्रै नभएर दुई पटकसम्म समानुपातिक सांसद भएकालाई समेत सूचीमा राखेको भन्दै सिंहले कडा विरोध गरे ।

प्रकाशित मिति: २०७४,माघ,६,शनिवार ०७:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हरेक वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । यसवर्ष काठमाडाैं  संक्रमितहरू भेटिएका छन् । उपत्यकाका

सप्तरी । सप्तरी प्रहरीले कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपनी गाउँपालिका ५ बसविट्टी ४८ वर्षीय

बनेपा । काभ्रेको बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४३ जना घाइते

जनकपुर । मधेस प्रदेशमा जारी प्रथम युवा महोत्सव २० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । बुधबारदेखि जनकपुरको उद्योग

ताजा समाचार

एमालेले बोलायो सचिवालय बैठक
 २०७९,असार,१७,शुक्रवार १९:५५
एक वर्षपछि मुगुमा बजार अनुगमन
 २०७९,असार,१७,शुक्रवार १८:५८
थाई स्माइलको काठमाडौं–बैंकक उडान सुरु
 २०७९,असार,१७,शुक्रवार १८:२१