८ महिने बच्चाकी आमा क्यान्सरले थलिइन्, सहयोगको याचना

पाँचथर । फाल्गुनन्द गाउँपालिका–६, का अर्पण आङ्देम्बेले अस्पतालमा छटपटाइरहेकी श्रीमतीको उपचारमा खर्च अभाव भएपछि सहयोगि हातहरुसँग आर्थिक सहयोगको याचना गरेका छन् ।

‘ब्लड क्यान्सर’ बाट पीडित २४ बर्षीया उनकी श्रीमती सुमित्रा चेम्जोङको उपचारमा खर्च धेरै लाग्ने भएपछि अर्पणले इच्छुक सबैलाई आर्थिक सहयोग गरिदिन माग गरेका हुन् । सुमित्रा करिब एक महिना अघिबाट काठमाडौं महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचाररत छिन् ।

कमजोर आर्थिक अवस्थाका अर्पणलाई श्रीमति बचाउन २५ लाख रकम लाग्ने डाक्टरहरुले बताएपछि उनी सहयोगको याचना गर्न बाध्य भएका हुन् ।

अर्पणले भने– ‘एक रुपौयाँ आयस्रोत नभएको मैले श्रीमतीको उपचारमा कसरी २५ लाख जुटाऔं, अलि–अलि भएको पैसा पनि बिरामिलाई रगत दिँन ‘ब्लड’ खरिद गर्दागर्दै सक्कि सक्यो, कृपया मलाइ सहयोग गरिदिनुस् ।’ अर्पणले आर्थिक सहयोगका लागि विभिन्न माध्यमहरु धाउँदा कसैले बेवास्ता गरेको पनि बताए । अर्पण र सुमित्राले करिब ७ बर्ष अघि प्रेम बिवाह गरेका थिए । अहिले उनिहरुको ५ बर्षीय छोरी र ८ महिनाको छोरा छन् ।

सँगै जीवन बिताउने प्रण गरेका उनीहरुमाथि जीवनको प्रारम्भिक कालखण्डमै यस्तो दीन आइपर्दा पहाडले किचे झैँ भएको अर्पणले बताए । उनलाई सहयोग गर्ने इच्छुकहरुले मेगा बैंकमा उनको नाममा रहेको खाता नम्बर ०२००५७०४७६६३ रकम जम्मा गरिदिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?