मेलम्चीको खर्चमा मस्ती, स्पेन घुम्न जाँदै खानेपानी मन्त्री

काठमाडौं, ६ माघ- मेलम्ची खानेपानी आयोजनाको खर्चमा खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादव विदेश भ्रमण जान लागेका छन्। कुनै विशेष कार्यक्रम नभए पनि पदावधि सकिन लागेको बेला उनी आयोजनाको खर्चमा अर्को साता स्पेन जान लागेका हुन्मन्त्री यादवको एक साता विदेश भ्रमण प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ। भीआईपीको विदेश भ्रमण सम्बन्धित देशका निकायको निम्तोमा हुने भए पनि मन्त्री यादवको भ्रमण सरकारी नभई व्यक्तिगत हुनेछ‘मन्त्री नै विदेश जानुपर्ने कुनै औपचारिक कार्यक्रम छैन,’ मन्त्रालयका एक सहिसचिवले भने, ‘कार्यक्रम नै नभए पनि घुमफिरका लागि मेलम्ची आयोजनाको खर्चमा उहाँ घुम्न जान लाग्नुभएको हो।’उनले स्पेनमा कुनै सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम तय भएको छैन। ‘मन्त्रीको कुनै सरकारी अधिकारीसँग भेटघाट छैन,’ मन्त्रालय स्रोतले भन्यो, ‘युरोपेली मुलुक घुमेर मात्र फर्किने हो।’मन्त्रीको विदेश भ्रमणको चाँजोपाँजो भने मेलम्ची खानेपानी विकास समितिले मिलाएको हो। समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले पनि मन्त्री यादवसँगै विदेश जान मन्त्रालयमा प्रस्ताव पठाएका थिए। तर, उनका फाइल भने मन्त्रालयले रोकेको छ, नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?