९ जेष्ठ २०७९, सोमवार

ट्रम्पले सार्वजनिक गरे लागूऔषध उत्पादन गर्ने देशको सूची, भारत र पाकिस्तान पनि सूचीमा

२०७४,भाद्र,३०,शुक्रवार ०२:२८

0
Shares

वासिंगटन, ३० भदौ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा नशालु पदार्थको उत्पादन या तस्करी गर्ने देशको सूची सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको सो सूचीमा भारतसहित २१ देश रहेका छन्, राजधानी दैनिकमा खबर छ ।लागूऔषधको उत्पादन तथा तस्करी गर्ने देशको सूचीमा दक्षिण एसियाका भारतसहित पाकिस्तान र अफगानिस्तान सामेल छन् । यसैगरी अर्को एसियाली देश म्यानमार समेत सो सूचीमा रहेको छ ।ट्रम्पले जारी गरेको सो सूचीमा बहामा, बेलिज, बोलिभिया, कोलम्बिया, कोस्टारिका, डोमिनिकन रिपब्लिक, इकवेडर, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, होण्डुरस, जमैका, लाओस, मेक्सिको, निकारागुआ, पनामा, पेरु र भियतनाम समेत रहेका छन् ।ट्रम्पले भनेका छन्, ‘यो सूचीमा सामेल कुनै पनि देशका सरकारले नशालु पदार्थविरोधी प्रयास र अमेरिकालाई सहयोग नगरेको भन्ने अर्थ राख्दैन ।’ उनले यो सूचीमा सामेल रहेका कुनै पनि देशलाई राख्नुको मुख्य कारण भौगोलिक, वाणिज्यिक र आर्थिक कारण रहेको र सोही कारण तस्करी र उत्पादन हुने गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: २०७४,भाद्र,३०,शुक्रवार ०२:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि

नेपालगञ्ज । बाँकेमा जैविक विधिताको अवस्था अध्ययन गर्दै २२औं अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ । डिभिजन वन कार्यालय बाँकेको

हेटौंडा । मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण गरिएको छ । रविना/अविषा जेभी निर्माण कम्पनीले गाउँपालिकाका अध्यक्ष लोकबहादुर

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाको विभिन्न ठाउँबाट अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ पीपलबोटबाट पाँच

ताजा समाचार

जहाँ ओलीको बोली, त्यहाँ एमालेको हार
 २०७९,जेष्ठ,९,सोमवार ०९:५८
मधेसमा ‘नेवार’, नेवाःमा ‘मधेसी’
 २०७९,जेष्ठ,९,सोमवार ०९:४२
थाहा पाउनुहोस् तपाईंको राशिफल
 २०७९,जेष्ठ,९,सोमवार ०८:१५
पोखरा अपडेट : कसको कति मत ?
 २०७९,जेष्ठ,९,सोमवार ०७:२३