आजकाे राशिफल: यी पाँच राशि भएकाकाे लागि अति शुभ

आज २०७६ पुस ८ गते मंगलबार अर्थात् ई.स.२०१९ डिसेम्बर २४ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्स । दक्षिणायन । हेमन्त ऋतु । ने.सं. ११४० थिंलागा । पौष कृष्णपक्ष । तिथी– त्रयोदशी,१२ बजेर १६ मिनेट उप्रान्त चतुर्दशी । विभिन्न राशिहरूकाे आजकाेे याेेे यस्ताेे रहेकाे ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कम हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला । नराम्रा घट्नाहरु हुन सक्छन् । प्रेममा टाढिने समय रहेको छ भने घर परिवार तथा दिदिबहिनीसँग मनमुटाव बढ्नेछ । खानपान तथा मौसमको ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि समस्याले सताउने छ । पढाइलेखाइमा प्रशस्त समय दिए मात्र सफलता हात पार्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : व्यापारको सिलसिलामा लामो दूरीको यात्राको अधिक सम्भावना रहेको छ, भने व्यावसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिने छ । अध्ययन,लेखन,कलासाहित्य तथा गीतसंगीतमा चासो बढ्नेछ, भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्नेछ । भौतिक साधनहरु जुट्नेछन् ।प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण,रोग तथा शत्रुबाट छुटकारा पाइने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाई कै पक्षमा हुने हुनाले खुसीले उचाइ नाघ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : शरीर अस्वस्थ हुनाले दैनिक कामहरु गर्न सकिने अवस्था रहने छैन । भौतिक सम्पत्ति तथा विलाशी वस्तु उपहारको रुपमा प्राप्त हुने भएपनि टरेर जानेछ । व्यापारमा मन्दि आउने तथा नयाँ ठाउँमा लगानी नगर्नु नै राम्रो हुनेछ । प्रेममा एकअर्कालाई अविश्वास गर्नाले बाध्यतावश छुट्टिनु पर्ने अवस्था आउनेछ । सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :अरुको विश्वास जितेर काम गर्न नसक्दा समयभन्दा पछि परिनेछ । काम गर्ने भन्दा आश्वासन बाढ्नेहरु सक्रिय हुनेछन् । पढ्नेलेख्ने काममा मन नजाँदा नतिजा अरुतिर नै जानेछ । सवारीसाधन तथा भौतिक सम्पत्तिको प्रयोग परिचालन गर्दा ध्यान दिनुहोला । अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आमा तथा आफन्तसँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : आँट, साहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन्, भने विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्रस्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाँकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : शुभचिन्तकको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ । बोलेको कुरा पुरा गर्न नसक्दा अरुले अविश्वास गर्न सक्छन् ध्यान दिनुहोला । प्रेम प्रसंगमा मनमुटाव हुने योग रहेको छ । खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । व्यापार व्यवसायमा आम्दानी कम हुनाले लगानी गरिहाल्ने समय रहेको छैन । संगीत क्षेत्रमा भने समय राम्रो रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : नयाँ प्रविधि तथा सामाजिक सञ्जालको प्रयोगमार्फत बौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो सम्भावना रहेको छ । भौतिक सम्पत्तिको प्रयोगमार्फत अरुको मन आफूतिर आकर्षित पार्न सकिनेछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मनपर्ने वस्त्र तथा अलंकार उपहार पाइनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आइ खर्च बढ्ने योग रहेको छ । पढाइलेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्यक्तित्वसँग राय बाझिनेछ । तर पनि विदेशी सामानको व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो दूरीको विदेश यात्राको योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्नेछ । परिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पूर्ति गर्न सकिनेछ । पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्रस्थानमा आउन सकिनेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु ह्रास भएर जाने तथा पुराना समस्या केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । सामाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान, ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : शैक्षिक तथा धार्मिक यात्रा हुने भएपनि यात्राको क्रममा कष्टको सामना गर्नुपर्ने हुनसक्छ, ध्यान दिनुहोला । समाजमा राम्रा काम गर्दागर्दै प्रतिस्पर्धाहरुले खुट्टा तान्नेछन् । खोजमुलक क्षेत्रमा नतिजा हात पार्नको लागि अति नै खट्नुपर्नेछ । अग्रज तथा धार्मिक क्षेत्रमा मानिससँग विवाद हुनसक्छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ ।
तपाईको दिन शुभ रहोस् ।

ज्यो. दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?