अपडेट : शंकास्पद गतिविधी विरुद्ध आक्रामक प्रहरी, काठमाडौंबाट ९६ जना पक्राउ

काठमाडौं । काठमाडौंमा शंकास्पद घरहरुमा प्रहरीले छापा मारेर ९६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले विभिन्न शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुले काठमाडौंमा बसेर बैंक ह्याक गर्न योजना बनाइरहेको आशंकामा पक्राउ गरिएको थापाले बताए ।

पक्राउ परेका चिनियाँ नागरिकमाथि अनुसन्धान सुरु गरिएको थापाले जानकारी दिए ।

प्रहरीले चिनियाँ नागरिक बसेको हरेक शंकास्पद स्थलमा छापा मारिरहेको छ । चिनियाँ नागरिकहरुले नेपालमा बसेर विभिन्न बैंकहरु ह्याक गरेर रकम चोरी गर्ने गरेका छन् ।

यसअघि प्रहरीले असोजमा नेपाली बैंक ह्याक गरेर लुटिरहेको अवस्थामा केहि चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?