बोलिभियाको कोकिन नेपाल हुँदै युरोपसम्म

काठमाडौँ, ६ ,माघ – दक्षिणी अमेरिकी मुलुक बोलिभियामा उत्पादित लागुऔषध कोकिन नेपाल ‘ट्रान्जिट’ बनाएर युरोप लैजाने गरिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले एक वर्षभित्र बोलिभियाबाट ल्याइएका ८.२०३ केजी कोकिन बरामद गरेपछि यो तथ्य खुलेको हो । सो परिमाणको कोकिन तेस्रोपटकको अप्रेसनपछि बरामद गरेको ब्युरोले जनाएको छ, नयाँ पत्रिकाले खबर छापेको छ प्रहरीले एक वर्षभित्र बरामद गरेको आठ केजी कोकिनको अनुमानित मूल्य १६ करोड ४० लाख ६० हजार रुपैयाँभन्दा धेरै पर्छ । बरामद गरिएका सबै कोकिन नेपाललाई ‘ट्रान्जिट’ बनाउँदै युरोप लैजान लागिएको प्रहरीको भनाइ छ । ब्युरो प्रमुख डिआइजी ठुले राईले बोलिभियाको लागुऔषध कोकिन नेपाल हुँदै तेस्रो मुलुक लैजाने गरेको तथ्य भेटिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?