२०७८,बैशाख,२९,बुधबार

शहीद स्मारक ए डिभिजन लिग : मनाङद्वारा आर्मी पराजित


काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा भएको खेलमा मनाङ मस्र्याङ्दीले त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । मनाङको जीतमा दयानन्द सिंहले निर्णायक गोल गरे । उनले खेलको मध्यान्तरपछिको अत्तिरिक्त समयमा रिबाउन्ड बललाई सदुपयोग गर्दै गोल गरेका थिए ।

जितसँगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले दुई खेलमा शीर्ष ६ अङ्क जोडेको छ । यसअघि मनाङले आफ्नो पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)लाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

यता पराजित आर्मीको भने यो पहिलो हार हो । आर्मीले पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । खेलमा मनाङका गोल रक्षक दीप कार्की ‘म्यान अफ दी म्याच’ घोषित हुनुभयो ।

प्रकाशित मिति: २०७६,पुष,७,सोमवार १५:१३


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं ।  स्पेनिश ला-लिगामा बिहीवार एथ्लेटिको मड्रिड र रियल सोसिड्याड प्रतिस्पर्धा गर्दै छन्। राति १:४५ बजे खेलिने उक्त खेलले एथ्लेटिको

काठमाडौं ।  इटालियन ‘सिरी-ए’को उपाधि इन्टर मिलानले जितिसकेको छ। तर ‘सिरी-ए’को उत्साह र रोमाञ्चकतामा भने केही कमि आएको छैन। साविक

काठमाडौं ।  इंग्लिश प्रिमियर लिग अन्तर्गत आज रातिको खेलमा चेल्सी र आर्सनल प्रतिस्पर्धा गर्दै छन्। इंग्लिश फुटबलमा ठूलो महत्व बोकेको

काठमाडौं । वर्ल्ड कप विजेता गोलरक्षक जियानलुइगी बुफोनले यस सिजनको अन्त्यमा युभेन्टस छाड्ने भएका छन्। सन् २००१ देखि २०१८ सम्म