बेपत्ताको छानबिन र सत्यनिरुपण आयोग अध्यादेश जारी

काठमाडौँ, ५ माघ – राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन), २०७४ अध्यादेश आज जारी गरेका छन् गत पुस २१ को मन्त्रिपरिषद्को बैठकको सिफारिश एवं नेपालको संविधानको धारा ११४ (१) अनुसार उक्त अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी कामका लागि गठित दुई आयोगको अवधि सकिए पनि काम पूरा नभएपछि अध्यादेश जारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?