६ लेन सडकको चौडाई घटाउन चलखेल

कैलाली, ५ माघ– धनगढीमा निर्माणधिन मोहनापूल अत्तरिया ६ लेन सडकको चौडाई घटाउन चलखेल भइरहेको भन्दै दबाब समूह गठन गर्दै धनगढीबासी आन्दोलित बनेका छन् केही दिनअघिदेखि सुरु भएको आन्दोलनमा जनसमर्थन पनि जुट्दै गएको छ । सोही क्रममा शुक्रबार नगरबासीले दबाव र्याली निकालेका छन् मोहनापूल अत्तरिया ६ लेन सडकको चौडाई घटाउने चलखेल विरुद्ध दबाव समूहले धनगढी बन्द गराएका छन् । शुक्रबार विहान दबाव समुहको आयोजनामा निकालिएको दवाव र्यालीमाथि प्रहरीले हस्तक्षेप गर्दै केही बेर धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बलबहादुर ऐरसहित १३ जनालाई केही बेर नियन्त्रणमा पनि लिएको थियो । शान्तिपूर्ण रुपमा दबाव र्यालीमा सामेल भएकाहरुलाई पक्राउ गरिएको भन्दै आन्दोलनकारीहरु थप आक्रोशित भएका थिए बिना आधार वडा अध्यक्ष्ँसहितका व्यक्तिहरुलाई पक्राउ गरिनु कानुन विपरित भएको आन्दोलनमा सहभागी कैलाली बारका सचिव हिमालय विक्रम बिष्टले बताए दृष्टिविहीन युवाहरुको नेतृत्वमा सुरु भएको आन्दोलनले ठूलो रुप लिदै गएको छ शुक्रबार व्यापरीहरुले समेत आन्दोलनलाई समर्थन जनाउदै बजार बन्द गरेका छन् । स्वस्फुर्तरुपमा धनगढीमा निकालेको ¥यालीमा स्थानीय जनप्रतिनिधि विभिन्न संघ संस्था, व्यापारी, कानुन व्यवसायी, विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागि भए दलहरुले पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । आन्दोलनमा सहभागी हु“दै विवेकशिल साझा पार्टीका प्रदेश संयोजक गोपाल हमालले सडक चौडाई घटाउनेहरु विकास विरोधी भएकाले त्यसको विरुद्ध डटेर लाग्नुपर्ने बताए आन्दोलनको नेतृत्व गरिरहेका युवा दृष्टिविहीन अर्जुन रावलले ६ लेन सडक कुनै वहानमा घटाउने प्रयास भए धनगढीमा आन्दोलन थप शसक्त हुने चेतावनी दिए उनले विकास पक्षधरहरुले आन्दोलनमा सहभागी भएर दबाव सृजना गर्नुपर्ने आवश्यकता रहेको बताए मोहनापुल अत्तरिया ६ लेन सडकमा अवरोध सृजना भएपछि अहिले निर्माण कार्य पूर्ण रुपमा रोकिएको छ । सर्वोच्चमा रिट परेपछि, त्यसको फैसला नहुन्जेलसम्मका लागि संरचना नभत्काउन निर्देशन भएकाले अहिले निर्माण काम रोकिएको हो निर्माण कार्य रोकिएपछि आन्दोलनमा उत्रिएका धनगढीबासीले भने सडकको चौडाई घटाउने चलखेल विरुद्ध आन्दोलन थप चर्काउने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?