जनकपुर अपडेट : शंकास्पद वस्तु खेलौँना भएको पुष्टि

धनुषा । जनकपुरको तिरहुतिया बजारमा बीच सडकमा भेटिएको शंकास्पद वस्तु खेलौना (गुडिया) रहेको खुलेको छ ।

जनकपुर उपमहानगरपालिका–४ को शुक्रबारे बजार नजिकै शंकास्पद वस्तु भेटिएको थियो ।

बोरामा बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएपछि बिहानै देखि सो क्षेत्रको अवागमन ठप्प बनेको थियो ।

उक्त वस्तुलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोली आइपुगेको थियो । टोलीले बमको आशंकामा उक्त वस्तु डिस्पोज गर्दा खोज्दा खेलौना निस्किएको हो ।

तिरहुतीया गाछीको अगाडी राखिएको शंकास्पद बस्तु बम नरहेको प्रहरीले पुष्टि गरेको हो । आज विहान आएको सेनाको डिस्पोजल टोलीले बम डिस्पोज गर्दा प्लास्टिकमा राखिएको उक्त पैकेटमा बच्चाहरुले खेल्ने डौल खेलौनाको टाउको रहेको प्रहरीले जनाएको छ । प्रहरीकी अनुसार अहिले त्यहाँको अवस्था सामान्य रहेको छ ।

यो छुटाउनु भयो कि ?

बीच सडकमा शंकास्पद वस्तु फेला, नेपाली सेनाले अनुसन्धान गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?