बीच सडकमा शंकास्पद वस्तु फेला, नेपाली सेनाले अनुसन्धान गर्दै

जनकपुर । जनकपुरमा फेरि शंकास्पद वस्तु फेला परेको छ । जनकपुर उपमहानगरपालिका–४ को शुक्रबारे बजार नजिकै उक्त शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

आइतबार राति उक्त वस्तु भेटिएपछि प्रहरीले घेरा हालेर सुरक्षा दिएको छ । यस अघि पनि गत मंसिर ३० गते संकट मोचन मन्दिर र बाह्र विघा मैदान नजिकै शंकास्पद वस्तु भेटिएको थियो । उक्त वस्तु अनुसन्धानका लागि सडकमा प्रहरीले आवजजावतमा रोक लगाएको छ ।

केहिदिन अघि जिल्लाको क्षिरेश्वर नगरपालिका – ५ महेन्द्रनगर बजारमा पड्किएको बमका कारण एक प्रहरी निरिक्षकसहित स्थानीय राजेश्वर साहका बाबु छोराको मृत्यु भएको थियो ।

जनकपुरमा केही समययता शृंखलावद्दरुपमा शंकास्पद वस्तु भेटिइरहेका छन् । बारम्बार शंकास्पद बस्तु भेटिएपछि स्थानियहरु त्रसित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?