पाल्पा । पाल्पामा लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । बुटवलबाट पोखरातर्फ जादै गरेको हाइस गाडीलाई तिनाउ गाउँपालिका– ३ दोभानमा रोकेर चेक जाँच गर्ने क्रममा दोभान प्रहरीचौकी पाल्पाले पक्राउ गरेको हो ।
बाग्लुङ नगरपालिका– १० का १९ वर्षीय विवश मल्ललाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।
प्रहरीले गत मङ्सिर अन्तिम साता पनि दोभान झुम्सामा लागुऔषधसहित दुई जनालाई पक्रेको थियो । पटक पटक लागुऔषध ओसारपसारमा संलग्न केही व्यक्ति यही क्षेत्रमा फेला पार्न थालेपछि प्रहरीले सवारी साधन जाँचलाई कडा पार्दै लगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया