१२ असार २०७९, आईतवार

प्रदेशसभा सदस्यको शपथ कहिले ?

२०७४,माघ,५,शुक्रवार २०:३३

0
Shares

काठमाडौँ, ५ माघ – नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी शुरु भएको छ राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ गराएलगत्तै निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमै प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ प्रदेश प्रमुखलाई प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाइसकेपछि आयोगले उक्त प्रतिवेदन आजै राजपत्रमा प्रकाशन गर्न पठाएको छ । प्रतिवेदन बुझेलगत्तै तत्तत् प्रदेशका प्रमुखहरु आआफ्ना प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथका लागि व्यवस्था गर्ने तयारीमा लागेका छन् आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यका लागि माघ ७ गते नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । त्यस मितिअगावै प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिइसक्नुपर्ने कानूनी बाध्यता छ सोहि अनुसार आइतबार बिहान ११ बजेसम्म प्रदेशसभा सदस्यालाई सम्बन्धित प्रदेशमै शपथ गराइसक्ने भएको छ ।

प्रकाशित मिति: २०७४,माघ,५,शुक्रवार २०:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । नेकपा एमाले खोटाङले पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको छ । एमाले जिल्ला कमिटीको शनिवार

१  काठमाडौं उपत्यकाका ९ स्थानमा देखियो हैजा, नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएसँगै हैजा संक्रमितको संख्या १२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको सपथ भोलि हुने भएको छ । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका

काठमाडौं । पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट विदेशी कम्पनीलाई सुम्पिनु खेदजन्य र गम्भिर आपत्ति

ताजा समाचार

धनगढीबाट लागूऔषधसहित चार जना पक्राउ
 २०७९,असार,१२,आईतवार २०:५५