काठमाडौं । बारा जिल्लाको विश्रामपुर गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ गरिएका गाउँपालिका अध्यक्ष अमिरी राउत भेडिहरलाई आज नै जेल चलान गरिएको छ ।
राउतले १३ वर्ष अघि चलाएको मोटरसाइकलले ठक्कर दिएर ६५ वर्षीया हसियादेवी चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो । जिल्ला अदालत बाराले २०६३ भदौ २९ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा उनलाई २९ दिन कैद र २ हजार रुपैयाँ जरिवना सुनाइसकेको थियो ।
अहिले बारामा फरार अभियुक्त समात्ने अभियान चलिरहेको र सोही क्रममा पुरानो मुद्दामा अध्यक्ष अमिरीलाई पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो । विश्रामपुर गाँउपालिका (३ बस्ने जुगलाललाई कैद भुक्तानको लागि वीरगंज कारागार पठाइएको बारा प्रहरीले जनाएको छ।
राउतलाई आज विहान ११ बजे पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया