‘राप्रपा (प्र) का मन्त्रीहरुको काम सन्तोषजनक’

काठमाडौँ, ५ माघ – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले सन्तोषजनक कार्यसम्पादन गरेको निष्कर्ष निकालेको छ पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय र मन्त्रीहरुको संयुक्त बैठकले देशलाई अस्थिरताबाट समाधान दिन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्ने प्रयोजनबाट गठित वर्तमान सरकारमा पार्टीले सो काम सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको ठहर गरेको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए अध्यक्ष राणाले आगामी दिनमा पनि जनतालाई सर्वोपरि राखेर राजनीतिक गतिविधि सञ्चालन तथा संगठन सुदृढीकरणका लागि पार्टी नेता कार्यकर्तालाई निर्देशन दिए । निर्वाचनमा पार्टीले पराजय भोगेपछि भएको बैठकमा सरकारमा रहेका मन्त्रीहरुले देश र जनताको हितमा कार्य गर्दा गर्दै अपेक्षाकृत सफलता कायम गर्न नसकिएको भनी सचिवालय प्रमुख राजाराम श्रेष्ठले धारणा राखे स्वास्थ्य, उद्योग र वन तथा भूसंरक्षण मन्त्रालयको नेतृत्व सो पार्टीले गरेको छ । सोही कार्यक्रममा ३ नं प्रदेशको समानुपातिकतर्फ मनोनीत सांसद रीना गुरुङलाई बधाई तथा शुभकामना दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?