नयाँ इन्जिन र लुक्ससहित यामाहाले एमटी-१५ बजारमा ल्याउँदै

काठमाडौं । यामाहाको नयाँ मोटरसाइकल नेपाली बजारमा ल्याउने भएको छ । यामाहा मोटर्सले नयाँ इन्जिनसहित नयाँ लुक्समा यमाहाको एमटी–१५ मोटरसाइकल ल्याउन लागेको हो ।

यो मोटरसाइकलमा नयाँ रेड अलोय ह्वील लगाइएको छ । भने बीएस ६ इन्जिनमा आइएस फ्ल्युओ भर्मिलियन कलर अप्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीका अनुसार उक्त मोटरसाइकलको रियर साइडमा रेडियल टायर लगाइएको छ ।

यसको लम्बाई २०२० एमएम, चौडाई ८०० एमएम रहेको छ भने १०७० एमएम उचाई रहेको छ भने १३३५ एमएमको ह्वीलवेश लगाइएको छ । साथैण् इन्जिनमा ६ स्पीड गियरबक्सको साथै स्टान्डर्ड स्लिपर क्लच लगाइएको कम्पनीले जनाएको छ ।

उक्त मोटरसाइकलमा भएको बीएस ६, १५५.१ सीसी एचओएचसी लिक्वीड कुल्ड फोर भल्भ इन्जिनले १०००० हजार आरपीएममा १९.०५ बीएच पावरका साथै ८५०० सय आरपिएममा १४.७ एनएम टर्क उत्पादन गर्नेछ ।

मोटरसाइकलमा बक्स टाइप स्विंगआर्मले डेल्टाबक्स फ्रेम,एल्युनियम युनिट, परिमार्जित न्यू बग आई एलइडी हेडल्याम्प, मस्कुलर फ्युल ट्यांक, लोअर टेल सेक्सन, फुल्ली डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ ।

साथै एमटी १५ मा अगाडि टेलिस्कोपिक फर्क लगाइएको छ । भने यामाहा आर १५ भी ३।० मा उपलब्ध आलोय ह्वीलका साथै एमआरएफ ट्युबलेस टायर समेत दिइएको छ ।

यो मोटरसाइकलको नेपाली बजारमा बिक्री वितरण हुँदै आएको छ । नेपाली मोटरसाइकलको पुराने मोडलको मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ रहेको छ । साथै यामाहा मोटर्सले बजारमा ल्याएको नयाँ इन्जिनसहितको उक्त मोटरसाइकलको मूल्य केही बृद्धिहुँने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?