काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर अकाउन्ट सचिवालयबाटै दुरुपयोग भएको पाइएको छ । उक्त ट्वीट सचिवालयको आइफोनबाट रिट्वीट भएको पाइएको हो ।
गत शुक्रबार राति प्रधानमन्त्रीको ट्वीट ह्याण्डलबाट भारतको राजनीतिक विषयको भिडियोसहितको ट्वीटमा लाइक र रिट्वीट गरिएको थियो।
भारतकी विपक्षी नेतृ सोनिया गान्धीले सरकारको आलोचना गर्दै दिएको उक्त ट्वीटको रिट्वीट भएको विषयमा छानबिन भइरहेको छ ।
ट्वीटरको पासवर्ड भने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र आईटीविज्ञ अली असगरलाई पनि थाहा भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको ट्विटर आइफोन वा एन्ड्रोइडबाट लग इन हुने गरेको बालुवाटार स्रोतको भनाइ छ । उनीहरु मध्ये कसैले पनि शुक्रबार ट्विटर लग इन नगरेको छानबिनबाट देखिएको बताइएको छ ।
सचिवालयभित्रकै एक आइफोनबाट त्यो दिन ट्विटरमा लग इन भएको र रिट्वीट भएको पाइएको स्रोतले बताएको छ । यस विषयमा प्रधानमन्त्री ओलीे केहि बोलेका छैनन् । उनले सचिवालयकै गल्ती भएको निचोड निकालेको स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया