एजेन्सी । सुपर कोपा इटालियानाको उपाधिका लागि इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्ट्सले आज लाजिओसँग प्रतिष्पर्धा गर्दैछ ।
सिजनको पहिलो उपाधिका लागि युभेन्ट्सले साउदी अरेबियाको किङ साउद विश्वविद्यालयको रंगशालामा लाजिओसँग खेल्नेछ । खेल नेपाली समय अनुसार राति ८ः३० बजे सुरु हुनेछ । सोहि खेल खेल्न रोनाल्डो साउदी अरेबिया जान लागेका हुन् ।
रोनाल्डोले पछिल्लो साता गरेको गोलले विश्व फुटबल जगतमा हलचल मच्चाएको छ । उनले २.५६ मिटर उफ्रिदै युभेन्ट्सका लागि विजयी गोल गरेका थिए ।
युभेन्ट्सले सर्वाधिक ८ पटक सुपरकोपाको उपाधि जितेको छ । यस्तै ६ पटक उपविजेता बनेको छ । यता, लाजिओले ४ पटक उपाधि जित्दा ३ पटक उपविजेता बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया