नोकिया २.३ स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषता र मूल्य

काठमाडौं । विश्व बजारमा नै चर्चित स्मार्टफोन कम्पनी नोकियाले नयाँ मोडलको फोन नेपाली बजारमा ल्याएको छ ।

कम्पनीले टेलिटक प्रालिसँगको साझेदारीमा नोकिया २.३ फोन नेपाली प्रयोगकर्ताहरुलाइ उपलब्ध गराएको हो ।

नोकिया २.३ इन्ट्री लेभलको स्मार्टफोन हो । यसमा ६.२ एच डी स्क्रीन, डुअल क्यामरा रहेको छ । साथै दुई दिनसम्म ब्याट्री टिक्ने कम्पनीले जनाएको छ ।

नोकिया २.३ मा हेलियो ए२२ क्वाड – कोर प्रोसेसरले पावर दिएको हुन्छ। यसको डिभाइस सिपियू मा २ जिबी र्‍याम र ३२ जिबी स्टोरेज छ, तथा स्टोरेजको क्षमता माइक्रो एस डि कार्डद्वारा ५१२ जिबीसम्म बढाउन सकिने कम्पनीको दावी रहेको छ ।

नेपाली बजारमा आएको नोकिया २.३ मा डुअल क्यामरामा पछाडि १३ मेगा पिक्सेल प्राइमरी सुटर रहेको छ । त्यस्तै २ मेगा पिक्सेल डेफ्ट सेन्सर, त्यस्तैगरी अगाडि ५ मेगा पिक्सेलको वाटर ड्रप नोच सेल्फी सुटर लेन्स जडान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नोकिया २.३ को अन्तराष्ट्रिय मूल्य १०९ यूरो छ रहेको छ । जसको मूल्य नेपालमा ११ हजार ९ सय ९९ रुपैयाँसम्म पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?