काँग्रेस नेता जोशीलाई पितृशोक

काठमाडौँ, ५ माघ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीका पिता गजेन्द्रराजको ८३ वर्षका उमेरमा आज काठमाडौँमा निधन भएको छ उनको निधनप्रति काँग्रेसले दुःख व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । स्व जोशी दमसम्बन्धी रोगबाट पीडित थिए उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालालगायत नेताले आज पशुपति आर्यघाटमा उनीप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?