तपाईको आज कस्तो रहनेछ ? राशिफलबाटै थाहा पाउनुहोस्

काठमाडौं । वि.सं. २०७६ पुस ०७ गते । सोमबार । इ.स.२०१९ डिसेम्बर २३ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । ने.सं. ११४० थिंलागा । पौष कृष्णपक्ष । तिथी– द्वादशी,१३ बजेर ४४ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– विशाखा,१८ बजेर १६ मिनेट उप्रान्त अनुराधा । योग– सुकर्मा,०७ बजेर १० मिनेट उप्रान्त धृति,२८ बजेर ४० मिनेट उप्रान्त शूल । करण– तैतिल,१३ बजेर ४४ मिनेट उप्रान्त गर,२४ बजेर ५५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा मित्र योग । चन्द्रराशि–तुला,१२ बजेर ३० मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय ६ बजेर ५२ मिनेटमा, सूर्यास्त १७ बजेर १२ मिनेटमा । दिनमान २५ घडी ४९ पला । तपाईको आज कस्तो रहनेछ ? राशिफल हेर्नुहोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :नसोचेको धन तथा सम्पति हात लागि हुने योग रहेको छ । अग्रज,आफन्त तथा दिदिबहिनीबाट काममा आर्थिक सहयोग पाईनेछ । खोजमुलक क्षेत्रमा चासो बढ्ने तथा लामो समय देखि गरि आएको काम सकिनेछ । पढाई लेखाई कै सवालमा देश बिदेशको यात्रा हुनेछ । दिन दु:खिको सेवामा समय खर्च हुने योग रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :बन्द व्यापार फस्टाएर जाने तथा नयाँ ठाउँमा लगानी गर्ने अवसर जुर्नेछ । व्यवसायकै सवालमा लामो दुरिको यात्रा हुनेछ । भौतिक सम्पति तथा विलासी वस्तु प्राप्त हुने योग रहेको छ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले नतिजा आफैंतिर ल्याउँन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :प्रियजन भेट हुनुको साथै सम्मान पाईनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागि देश विदेशको यात्राको तय गर्न सकिने छ । वादविवाद तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । नोकरीमा पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : समय र कामको तालमेल नमिल्दा योजनाहरु थाति रहनेछ । बौद्धिक क्रिर्याकलापमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्ला । अध्ययनमा बाधा हुने तथा अरुका लागि समय खर्चनु पर्नेछ । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापारमा भनेजस्तो आम्दानि नहुनाले लगानिको वातावरण टरेर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :बिहानको समय राम्रो रहेकोले कृषि, पशुपालन तथा सहकारीजस्ता क्षेत्रको व्यवसाय फस्टाएर जाने हुनाले आम्दानि बढाउँन सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा प्राप्त गर्न सकिनेछ । मध्यान्हबाट राज्यको मेकानिजम भित्र बसेर काम गर्नेहरुका लागि समय मध्ययम रहेकोले आलोचना हुनेछ । माया प्रेममा मनमुटाब बढ्नेछ भने आफन्त तथा घर परिवारसँग टाढा हुने समय रहेको छ । घर जग्गा तथा सवारी साधनको कारोबारबाट गर्दा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : व्यापार व्यवसायमा थोरै समय दिदापनि मनग्गे आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु ह्रास भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने छ । अध्ययन अध्यापनमा मन जाने हुँनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउँन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : बिहानको समय राम्रो रहेकोले माया प्रेममा रमाउँदै दिन व्यातित गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैँतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले दुर्भाग्वस आँटेको काम रोकिन सक्छ । अवसरसँगै चुनौतिको पनि सामना गर्नुपर्ने छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : बिहानको समयमा लामो दुरीको यात्रा तथा विदेशसँग सम्बन्धित कामहरु हुनेछन् । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरि नाम कमाउँन सकिनेछ भने व्यापारमा नयाँ लगानी थप्न सकिनेछ । ईमान्दार तथा लगनशिल भएर लागे ठुलो उपलब्धि हासिल गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :बिहानको समय राम्रो रहेकोले व्यापारमा समय लगानि गर्नेहरुका लागि समय राम्रो रहेको छ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिने छ । मध्यान्हबाट पढाई लेखाईमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : स्रोत साधन जुट्नाले कार्यक्षेत्रमा राम्रा काम गरि नाम कमाउँन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिने छ । व्यापार व्यवसाय फस्टाउनाले आम्दानी बढ्नेछ । अध्ययनमा सुधार हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिने छ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : सामाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान, ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । अध्ययन मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । व्यापार व्यवसायमा लगानि गरि भनेजस्तो आम्दानि गर्न सकिनेछ । विवादित विषयहरु ह्रास भएर जाने तथा पुराना समस्या अरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । अरुकै लहैलहैमा लाग्नाले पढाई लेखाई बिग्रनेछ । सरकारी तथा प्रशासनिक काममा ढिलासुस्तीको कारणले अन्य उपलब्धि पनि गुम्न सक्छ । व्यापारमा लगानि गरे पनि न्यून नाँफामा चित्त बुझाउनु पर्नेछ । घरपरिवार तथा अग्रजहरुसँग मनमुटाब बढ्ने योग रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्यो. दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?