हुस्सु र चिसो बढेपछि इटहरीका विद्यालय तीन दिन बन्द

इटहरी । हुस्सु र चिसो हावा चल्न थालेपछि इटहरी उपमहानगरपालिकाले इटहरी क्षेत्रका सरकारी तथा नीजि विद्यालयहरु तीन दिनको लागि बन्द गर्ने निर्णय गरेको छ ।

चिसोले बालबालिकाहरुको जनजिवन प्रभावित भएको र पठनपाठनमा समेत असहज भएको भन्दै उपमहानगरपालिकाले तिन दिन विद्यालय विदा गर्ने निर्णय गरेको हो ।

जाडोको कारण बालबालिकाहरुलाई समस्या परेको भन्दै सामुदायीक र नीजि विद्यालय ७ गते देखि ९ गते सम्म कक्षा एक देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई विदा दिइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?