आज वर्षकै सबैभन्दा लामो रात

appharu
91
Shares

काठमाडौं । आज यस वर्षकै सबैभन्दा लामो रात र छोटो दिन हो । पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको छ। दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ।

विहान ६ः ५१ मा उदाएको सुर्य बेलुकी ५ः १४ मिनेटमा अस्ताउनेछ। हरेक वर्ष जाडोमा हुने सोल्सटाईस (सक्रान्ती) उत्तरी खण्ड सूर्यबाट २३.५ डिग्रीले टाढा हुन्छ। सो कारण सूर्यको किरण अन्य समयभन्दा थोरै आउँछ र रात धेरै हुन्छ।

हरेक वर्ष हुने यो सोल्सटाईस डिसेम्बरको २१ वा २२ मा पर्ने खगोल वैज्ञानिकहरुको भनाई छ । तर अहिलेको आधुनिक पात्रोमा रहने ३६५ दिन र हरेक चार वर्षमा १ दिन थप हुने कारणले यो डिसेम्बर २०, २१, २२ वा २३ मा पनि पर्न सक्ने खगोल वैज्ञानिकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?