आजको राशिफल : कुन राशिलाई शुभ ?

वि.सं. २०७६ पुस ०६ गते । आईतबार । इ.स.२०१९ डिसेम्बर २२ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । ने.सं. ११४० थिंलागा । पौष कृष्णपक्ष । तिथी– एकादशी, १५ बजेर ३१ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– स्वाती,१९ बजेर २० मिनेट उप्रान्त विशाखा । योग– अतिगण्ड,०९ बजेर ५६ मिनेट उप्रान्त सुकर्मा । करण– वालव,१५ बजेर ३१ मिनेट उप्रान्त कौलव,२६ बजेर ३५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा लुम्ब योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय ६ बजेर ५२ मिनेटमा, सूर्यास्त १७ बजेर ११ मिनेटमा । दिनमान २५ घडी ४९ पला । सफला एकादशी व्रत। पृथ्वीको उत्तरी गोलार्द्धमा वर्षभरिकै छोटो दिन तथा सर्वाधिक लामो रात्रि। मकरमा सायन सूर्य (स्४५ बजे प्रवेश। सायन मकर संक्रान्ति। त्रिपुष्कर योग १९स्२) बजेदेखि।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :

प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिने हुदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरि अपडेट हुन सकिनेछ भने पढाई लेखाईमा प्रगति हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :

उपहार तथा भौतिक सम्पति हातलागि हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारबाट भनेजस्तो आम्दानि हुनेछ । नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेमको गाठो कसिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :

बिद्या तथा प्रतिष्पर्धामा सहपाठिहरुलाई पछि पार्दे पुरस्कार तथा प्रशंसा पत्र हात पार्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार-व्यावसाय फस्टाएर जानेछ । भाग्यले प्रेमपात्र जुराउँनेछ भने मन परेका मानिसबाट उपहार प्राप्त हुनेछ । सन्तान तथा आफन्तले सहयोग गर्ने हुँदा मन प्रशन्न हुनेछ । आत्मबल बढ्नेछ भने सामाजिक मान सम्मान तथा मर्यादामा अभिवृद्धि हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डों) :

राजनिति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनावश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तापनि कृषि तथा पशुपालन व्यावसायबाट लाभ उठाउँन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

समय तथा भाग्यले साथ दिने हुदा सानो लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । पराक्रमि तथा पुरुषार्थिका गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । सुचना प्रबिधिको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):

प्रयन्न गर्दा आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । बोलिको प्रभाव घट्न सक्छ ध्यान दिनुहोला । परिवारका साथ बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । कार्यक्षेत्रमा राम्रा काम गरि सम्मानित हुने योग रहेकोछ । पढाई लेखाईमा अलि बढि ध्यान दिदा उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । प्रेममा नजिक हुने सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :

पुराना कमिकमजोरि सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारि माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउँनेछ । माया प्रेममा रमाईलो गर्दै समय व्यातित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । राजनितिज्ञको लागि समय राम्रो रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :

दैनिक खर्च बढ्न तथा भैपरि आउँने समस्याले सताउँनेछ । स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेकोछ । सापट लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ । धन तथा भौतिक सम्पति हराउँन तथा लुटिन सक्छ ध्यान दिनुहोला । तापनि लामो दुरिको बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशी सामानकोे व्यापार फस्टाएर जानेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :

व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुनेछ भने आम्दानिका नयाँ-नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । विभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुँनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामि दिनहरुमा विवाहरुपि निकास पाउँने योग रहेकोछ । अध्यनमा प्रगति हुँनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :

राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने कार्यक्षेत्रमा तारिफयोग्य काम गरि लोकप्रियता कमाउन सकिनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले प्रतिष्पर्धिहरु किनारा लाग्नेछन् । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । नयाँ काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :

लामो दुरिको धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :

समय तथा परिस्थिती अनुसार नचल्नाले दु:ख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेकोछ ।

ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?