आज सफला एकादशी व्रत, यस्तो छ व्रत विधि

काठमाडौं । पुष महिनाको कृष्ण पक्षको एकादशीलाई सफला एकादशी भनिन्छ । एकादशीको व्रत सम्पादन गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक सामर्थ्य र शक्ति बढ्छ,आयुवृद्धि हुन्छ र आत्मिक उन्नतिमा शीघ्रता हुन्छ। एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ ।

यस दिन भगवान नारायणको बिधीपुर्वक पूजा तथा आराधना गरिन्छ । सफला एकादशी व्रतको फल ठुला यज्ञ तथा महायज्ञ भन्दा धेरै हुने धार्मिक तथा शाष्त्रिय बिश्वास रहेकोछ । पद्य पुराण अनुसार सफला एकादशीको अनुकम्पा सयौ महायज्ञ भन्दा धेरै हुन्छ । सफला एकादशीको व्रत लिदा पापबाट मुक्त हुने र कल्याण मिल्ने मान्यता रहेकोछ ।

सफल एकादशीको दिन भगवान बिष्णुको भक्तिभावका साथ पूजा गरिन्छ । वेद तथा पुराणमा उल्लेख भएका मन्त्रद्धारा देवदेवेश्वर हरि विष्णुको पूजा आराधना गरिन्छ भने रात्रीमा जाग्राम बसिन्छ । सफला एकादशीका दिन गूरु तथा ब्राम्हणहरुलाई दियो दान गर्नु राम्रो मानिन्छ ।

अरु एकादशीमा जस्तै यो एकादशीमा पनि शात्विक आहार व्यवहार गरि व्रत बस्नु पर्दछ । आजको दिन बिहानै स्नान गरि सुद्ध भई श्रीखण्ड चन्दन लगाई भगवान बिष्णुलाई कमल अथवा बैजयन्ती फूल, गंगाजल, पञ्चामृत, धूपदीप, नैवेद्ध चढाएर पूजा गर्नु पर्दछ । भोलीपल्ट अर्थात द्वादशीका दिन बिहानै ब्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिईसकेपछि मात्रै ब्रतालुले भोजन गर्नु पर्दछ ।

एकादशीको व्रत लिन चाहने नरनारीले दशमीका दिनदेखि माछा,मासु, लसुन, प्याज, मुसुरो आदि अखाद्य वस्तु सेवन गर्नु हुदैन। पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्छ तथा भोगविलासबाट टाढा रहनुपर्छ। प्रातःकालमा ब्रुसमन्जन गर्नुहुदैन, बरु नीम, जामुनो वा आपको पात चबाएर कुल्ला गर्नुपर्छ।

सफला एकादशीको व्रत विधि

प्रात कालमा उठेर नित्य कर्म गरि स्नार गरेर सुद्ध बस्त्र धारण गर्नुगर्दछ । भगवान बिष्णुको पूजा गर्नु पर्दछ । पूजा गर्दा शिरमा श्रीखण्ड चन्दन जा गोपी चन्दन लगाईदिनु पर्दछ । कमलको फूल अथवा वैयजन्ती फूल, फल, गंगा जल, पंचामृत, धुप,दीप सहित लक्ष्मी नारायणको पूजा तथा आरती गर्नुपर्दछ । दिनभर भगवाव बिष्णुलाई सम्झिरहनु पर्दछ । सूर्य अस्त हुनुभन्दा पहिला फलाहार ग्रहण गर्नु पर्दछ । नुनको प्रयोग गर्नुहुदैन । एकादशीको राती भगवानको भजन किर्तन गर्नुपर्दछ ।

द्वादशीको दिन बिहानै उठेर स्नान गरि भगवान बिष्णुको पूजा पस्चात ब्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिईसकेपछि मात्रै ब्रतालुले भोजन गर्नु पर्दछ । यस दिन रातो कपडा तथा अन्न दान गर्नु बिशेष शुभ मानिन्छ ।

सफला एकादशीको दिन माता लक्ष्मीको सौंफ र भगवान बिष्णुको लागी मिश्री चढाउनु पर्दछ ।

ॐ ह्रीं श्रीं लक्ष्मीवासुदेवाय नमः
मन्त्रको जप १०८ पल्ट जप गरि सौंफ र मिश्री प्रत्यक दिन प्रसादको रुपमा ग्रहण गर्दा फल आार्थिक सम्पन्नत तथा सुख प्राप्त हुन्छ भन्ने शास्त्रिय मान्यता रहेकोछ ।

ज्योतिषी दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?