‘बाटो भत्किएपछि’ कृति लोकार्पण

लोकपथ संवाददाता
0
Shares
sf7df8f}F, % k””’;M …af6f] elTsPkl5Ú sf] nf]sfk{0f sf7df8f}Fdf zlgaf/ cfof]lht ;df/f]xdf ;flxTosf/ s]bf/ kf]v/]nsf] 5}6f}F s[lt …af6f] elTsPkl5Ú gfds k’:ts nf]sfk0f{ ub}{ k”j{dGqL cfgGb kf]v/]n, k|f8f /fdbofn /fs]z, k|fWofks ufdL{ zdf{, syfsf/ dfof 7s”/Lnufot.t:jL/M gf/fo0f Gof}kfg]÷/f;;

काठमाडौं | साहित्यकार केदार पोखरेलको छैटौँ कृति ‘बाटो भत्किएपछि’को आज लोकार्पण गरिएको छ । पूर्वमन्त्री आनन्द पोखरेल, प्राडा रामदयाल राकेश, प्राध्यापक गार्मी शर्मा, कथाकार माया ठकुरीलगायतले उक्त कृतिको आज यहाँ आयोजित समारोहमा लोकार्पण गर्नुभएको हो ।

सर्जक पोखरेलले उक्त कृतिमा अध्यात्म, परिवार, गाँउ, समाज, सुशासन, राष्ट्रप्रेमका साथै राजनीतिक र कानूनका क्षेत्रमा मौलाउँदै गएको विकृति र विसङ्गतिका घटना उजागर गर्न कोसिस गर्नुभएको छ । कृतिको समीक्षा गर्दै साहित्यकार स्वागत नेपालले मुलुकको शासन व्यवस्था ठीक ढङ्गबाट अघि नबढेका कारण जनताले खेप्नु परेको यावत भोगाइको चित्र गरिएको कविता सङ्ग्रहबारे जानकारी गराउनुभएको थियो ।

अर्थशास्त्री डा विजय पौडेलले सांस्कृतिक चेतना बिना समाजले समृद्धि हासिल गर्न सक्दैन भन्ने पाटोबाट हेर्दा पुस्तक निकै स्तरीय रहेको बताउनुभयो । सो अवसरमा पूर्वमन्त्री पोखरेल, साहित्यकारत्रय राकेश, शर्मा र ठकुुरीले छोटो समयमा धन कमाउ भन्ने सोचले राष्ट्रका वैभव भाषा, संस्कृति, संस्कार, नैतिकता, परम्परामा असर पु-याउने ढङ्गबाट अघि बढिरहेको समाजलाई एक पटक आफ्नो धरातलाई बुुझेर अघि बढन कृतिले मार्गनिर्देश गरेको धारणा राख्नुभयो ।

उहाँहरुले मानवीय मूल्य र मान्यताका हिसाबले समाज कमजोर भएको तथा राजनीतिमा नीति र नैतिकता हराएका विषयमा पनि कविले कृतिमा व्यङ्ग्य गर्नुु सफल हुनुभएको बताउनुभयो । उक्त सङ्ग्रहमा आशा अनुरोध, देशको निर्माण, बाँचेर त हेर, जीवनको अर्थ, आमा, बूढेसकालको बासना, मात्यौ भने ढल्छौ, कानूून दिवस, क्रान्ति, सुुन्दरता र धन, सुगा–देश– विदेश, मान्छे कि पशुलगायतका शीर्षकका एकसय कविता समावेश छन् । यसअघि साहित्यकार पोखरेलले सम्मान, अंशबण्डा, दलितको झुपडी कथा सङ्ग्रह, आमा कविता सङ्ग्रह, चेप्टे भँगालो उपन्यास प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?