प्रधानमन्त्रीको ट्वीटर एकाउन्ट दुरुपयोग, छानबिन जारी

काठमाडौँ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर अकाउन्ट दुरुपयोग भएकोपाइएकाे छ । यसबारे छानबिन भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
उनले अहिले नै ह्याक भएको भन्न नमिल्ने भन्दै दुरुपयोगबारे छानबिन भइरहेको बताएका हुन् ।

प्रधानमन्त्रीको ट्वीटरबाट भारतीय प्रतिपक्षी दल काँग्रेस र भाजपाबीचको विवादको सन्दर्भमा भएको ट्वीट रिट्वीट भएको छ ।

थापाले भनेका छन्:

थापाले रिट्वीट प्रमबाटै नभएको स्पष्ट पार्दै यसबारे भ्रममा नपर्न अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?