पुस ५ गते शनिबारदेखि ११ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

-ज्योतिषी दुर्गा भण्डारी

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशिलामा रमाइलो यात्रा हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथिको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउँन सकिनेछ । अतिथिको रुममा सम्पान पाईनुको साथै रमाइलो घुमघामको समेत अवसर आउनेछ । सोमबार दिउँसोबाट समय मध्ययम रहेकोले संकट व्यवस्थापनमा चालिएका कदमहरु निरर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदीबहिनीहरुले पनि सहयोग गर्ने छैनन् । अल्छी गर्ने बानीले काम बाँकी रहनेछ भने शरीर स्वास्थ्य नहुनाले आलश्यता बढेर जानेछ । साताको अन्ततिर शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिष्पर्धामा तपाईँको नाम अग्रस्थानमा आउँनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरुले मुक्ति पाउने समय रहेकोछ । दाम्पत्य जीवन तथा प्रेम सम्बन्ध सुखी रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाइनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने व्यापारकै सवालमा लामो दुरीको यात्रा गर्न सकिनेछ । लगनशीलता तथा इमान्दारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । बिहीबार र शुक्रबारको समय मध्यम रहेकोले खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । भौतिक सम्पति तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समय राम्रो रहेकोले राम्रा तथा पुरुषार्थी काम गरि नतिजा आफैतिर पार्न सकिनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै बिजय भईनेछ । आफन्त तथा मामापक्षबाट भनेजस्तो सहयोग पाईनाले मन प्रशन्न रहनेछ । खर्च बढेपनि राम्रा काम गर्दै अगाडि बढ्न सकिनेछ । राजनीति तथा राज्यको नजिक बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । माया प्रेममा सामीप्यता बढेर जाने तथा पति पत्नीबीच मायाको डोरो कसिनेछ । कृतिमानी काम गरि नाम कमाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाउने तथा व्यापारकै सवालमा यात्रा हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय मध्ययम रहेकोले साथीभाई तथा आफन्त सँग मनमुटाब बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । मन परेको मानिससँग टाढिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । समय र कामको तालमेल नमिल्दा योजनाहरु थाति रहनेछ । बौद्धिक क्रिर्याकलापमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । अध्ययनमा बाधा हुने तथा अरुका लागि समय खर्चनु पर्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ । व्यापारमा भनेजस्तो आम्दानि नहुनाले लगानिको बाताबरण टरेर जानेछ । तरपनि अन्य व्यापारमा मन्दि आएपनि कृषि तथा सहकारि व्यावसाय फस्टाएर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राम्रा तथा परिणाममुखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थि काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्ययमबाट सस्कार परिवर्तन गर्न तपाईको भुमिका महत्वपुर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । सोमबार दिउसोबाट सजक नबन्दा आफन्त टाडनेछन् भने अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको कष्टकर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । छोटो समयका लागी हेरिने फाईदाले पछिलाई घाटा हुन सक्छ । योजनाहरु तत्काल सार्वजनिक नगर्नुनै उत्तम हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसाय र बित्तिय क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) व्यापार व्यावासय फस्टाएर जाने हुनाले दैनिक आम्दानिमा बढोत्तरि हुनेछ । आफ्ना भनाईहरु जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाईलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय फलदायि रहनेछ । दाजुभाई तथा छिमेकीको सँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । साताको अन्त अर्थात बिहीबार र शुक्रबारको समय मध्ययम रहेकोले आफन्त तथा आमासँग मनमुटाब बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साताको सुरु र अन्तको समय राम्रो रहेकोले खेलकुद तथा आट,शाहस तथा पराक्रमि क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । लेखन,कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेकोछ । प्रेम सम्बन्धहरुमा आत्मियता थप प्रगाड हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा छोटो दुरिको यात्रा हुनेछ । सोमबार दिउसोबाट बुधबारसम्मको समय मध्ययम रहेकोले बोल्ने कुरामा ध्यान नजादा आलोचनाको शिकार होईनेछ । कार्यक्षेत्रका कुरा काट्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला समय मध्यमय रहेकोछ । कुटुम्ब तथा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) साताको सुरु र अन्तको समय मध्ययम रहेकोले दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचित व्याक्तिको बिश्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउँने तथा उपचार खर्च बढ्नेछ । विदेशी सामानको व्यापार तथा विदेशी सस्थामा काम गर्नेहरुको लागी समय उत्तम रहेकोछ । सोमबार दिउसोबाट बुधबारसम्मको समय राम्रो रहेकोले समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रशन्न हुनेछ । नयाँ प्रबृधिको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ । राजनितिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साताको सुरु र अन्तको समय राम्रो रहेकोले पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउँन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ । सोमबार दिउसोबाट बुधबारसम्मको समय मध्ययम रहेकोले खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा बृद्धि हुने योग रहेकोछ । व्यापारमा भनेजस्तो आम्दानी नहुँदा दैनिकी प्रभावित हुन सक्छ । आफ्नै मानिसलाई बिश्वास गर्दा धोका पाईनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साथिभाई,बन्धुबान्धब तथा ईष्टमित्रको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । शिक्षा तथा शिक्षा पेशा सँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक काम गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । साताको अन्त अर्थात बिहीबार र शुक्रबारको समय मध्ययम रहेकोले काम गर्दा वा सवारि चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । तरपनि लामो दुरिको यात्रा हुने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) तारिफयोग्य काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ भने समय राम्रो रहेकोले बौद्धिक, प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुचि बढ्नेछ । दार्शनिक बिषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । दाम्पत्य सुख,प्रेमसम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेकोछ । पैतृक स्रोत साधनको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनेछ भने कृषि पशुपालन व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरीको गतिलो योग रहेकोछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्याक्तिगत स्वास्थ्य तथा वैराग्यभाव त्यागेर अगाडि बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा विशेष सावधानि अपनाउँनुहोला । आलश्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ । सामाजिक काम तथा धार्मिक यात्रा गर्दा मन शान्त रहनेछ । राज्यसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला, काम बिग्रने तथा दण्ड जरिवाना तिर्नु पर्ने हुन सक्छ । खोजिमुलक काममा प्रसस्त समय दिएपनि भनेजस्तो नतिजा प्राप्त गर्न कठिन हुनेछ । साताको अन्त अर्थात बिहीबार र शुक्रबारको समय राम्रो रहेकोले नोकरि पाउँने तथा बढुवा हुने योग रहेकोछ । भुमि,बाहन तथा पैत्रिक सम्पतिमा बृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनेतले जीवन शैलीमा सुधार ल्याउँन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कीर्तिमानी काम गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?