साउदीमा अलपत्र परेका दुई महिला कामदारलाई नेपाल फर्काइयो

काठमाडौं, ५ माघ । वैदेशिक रोजगारीका लागि कुवेत हुँदै साउदी अरब पुगेको घरेलु महिला कामदारलाई नेपाल जनसम्पर्क समिति रियाद, साउदी अरबले हवाई टिकट उपलब्ध गराई नेपाल फकाएको छ साउदी अरबमा घरेलु कामदारको रुपमा कार्यरत महिला समस्यामा परी अलपत्र परेर राजदूतावासको सेल्टरमा रहेका मध्ये २ जना महिलालाई नेपाल फकाइएको थियो करिब दुई महिना दूतावासको सेल्टरमा राखी साउदी अरबको कानुनी एवं प्रशासनिक प्रक्रिया पूरा गरी Air Arabia G 9 152 को उडान मार्फत काठमाडौं पठाइएको थियो त्यसैगरी, साउदी अरबको अल्कसिममा कार्यरत श्री पूर्ण बहादुर वि.क.लाई पनि उद्धार गरी Etihad Airways EY 316 को उडानबाट नेपाल पठाइएको छ तनहुँ जिल्ला बन्दीपुर घर भई साउदी अरबको अल्कसिममा कार्यरत वि.क.को अदालतमा भएको मुद्दाको फैसला भएपछि उनलाई कम्पनीबाट Exit Visa उपलब्ध गराई नेपाल पठाइएको हो साउदी अरबमा बेखर्ची अवस्थामा भएकाले राजदूतावासको अनुरोधमा वि.क. लाई पारिवारिक समाज साउदी अरबले टिकट उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?