थाहा पाइराख्नुस्, फलफूलको बोक्रा पनि स्वास्थका लागि फाइदाजनक

हामी प्रायः फलफूलहरुको बोक्रा तासेर खाने गर्छौं । बोक्रालाई तासेर त्यसलाई काम नलाग्ने भन्दै त्यसलाई फाल्ने हाम्रो बानी छ । तर अबदेखि ती बोक्राहरु त्यसै नफाल्नुहोला । किनभने विशेषज्ञहरुले केही फलफूलहरु र तथा तरकारीको बोक्रा पनि हाम्रो स्वास्थका लागि फाइदाजनक हुने कुरा बताएका छन् ।

विशेषज्ञहरु भन्छन्, ‘मानिसहरुले खानेकुरा तयार गर्दा त्यसमा पाइने पौष्टिक आहारबारे त्यति ध्यान दिँदैनन् । उनीहरुले विभिन्न खानेकुरा त्यसको बोक्रा निकालेर खाने गर्छन् । यस्तो गर्दा उनीहरुले त्यसमा पाइने विभिन्न पौष्टिक आहारहरु नपाउने गरेका छन् ।’ उनीहरुका अनुसार हाडे बदम (आल्मोण्ड) को बोक्रो एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो । त्यसको बोक्रामा रहेको फ्लाभोनोइड र त्यसको दानामा भएको भिटामिन इ मिलेर एन्टिअक्सिडेन्टको मात्रालाई झन् कडा बढाउने गर्दछ । आल्मोण्डको बोक्रामा पोलिफेनोलमा पाइने गर्दा त्यसले मुटुसम्बन्धि रोगलाई पनि न्युनिकरण गर्ने गर्दछ । आल्मोण्डमा फाइबर, प्रोटिन, बोसो भएको एसिड, भिटामिन, मिनिरल र फाइटोन्युट्रिएन्टस् पनि पाइन्छन् ।

त्यस्तै अर्का एक विशेषज्ञका अनुसार केही फलफूल र तरकारीको बोक्रा खाँदा भिटामिनको मात्रा बढ्ने, शक्ति मिल्ने र क्यान्सरसँग लड्न मिल्ने पनि बताउँछन् । उनका अनुसार फलफूलको बाहिरी भागमा पोटासियम र सोडियम हुन्छ । यसले हाम्रो आन्द्रालाई फाइदा पु¥याउँछ । सुन्तला र कागतीको बोक्रालाई केक र पेस्ट्रीमा पनि हाल्न सकिने उनीहरु बताउँछन् । यसले स्वादलाई राम्रो बनाउनको साथै यसले फलको तुलनामा चार गुणा फाइबर पनि प्रदान गर्नेछ । त्यस्तै बोक्रा नतासिएको काँक्रोमा विभिन्न महत्वपूर्ण पौष्टिक तत्व पाइन्छ । यसमा भिटामिन के, सी र म्याग्नेसियम पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?