१३ आश्विन २०८०, शनिवार

राष्ट्रपति–उपराष्ट्रपति बन्न २५ सांसद प्रस्तावक र २५ सांसद समर्थक

२०७४,भाद्र,३०,शुक्रवार ०१:०९

9
Shares

काठमाडौँ, ३० भदौ- सरकारले देशको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वार बन्न २५ सांसद प्रस्तावक र २५ सांसद समर्थक चाहिने कानुनी व्यवस्था प्रस्ताव गरेको छ । संविधानसभाबाट जारी संविधानअनुरुपको राष्ट्रपति–उपराष्ट्रपति चयनका लागि सरकारका तर्फबाट बिहीबार संसद सचिवालयमा दर्ता गराइएको विधेयकमा प्रमुख दलको समर्थन प्राप्त व्यक्तिमात्रै उम्मेद्वार वन्न सक्ने व्यवस्था प्रस्तावित भएको हो ।‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राष्ट्रपति–उपराष्ट्रपतिका लागि संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसदले दिने मतको भार ७९ र प्रदेशसभाका सदस्यहरुले दिने मतको भार ४८ प्रस्ताव गरिएको छ ।प्रस्तावित व्यवस्थाअनुसार संघीय संसद र प्रदेशसभा गठनको एक महिनाभित्र देशले नयाँ राष्ट्रपति पाउने छ, कान्तिपुरले खबर छापेको छ ।  

प्रकाशित मिति: २०७४,भाद्र,३०,शुक्रवार ०१:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रे । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले पनौति नगरपालिका-५ चौकोटस्थित घनश्याम अधिकारीको होटलमा जुवातास

धादिङ । नेत्रावती गाउँपालिका-४ हल्दारे बस्ने ७२ वर्षीया सुकमाया गुरूङको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई

काठमाडौं । पूर्व अरनिको यातायात प्रा. लिका अध्यक्ष केदार क्षेत्रीले बसपार्क हटाउन अफवाह फैलाउने काम भएको बताएका छन् । उनले

दैलेख । पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०