काठमाडौं। प्रहरी प्रधान कार्यालयले ठुलो संख्यामा प्रहरी उपरिक्षकको सरुवा गरेको छ। यसैक्रममा २४ जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा भएको छ । सरुवा सुची अनुसार जिल्ला प्रहरी कार्यलय चितवनमा गंगा पन्तलाई पठाइएको छ भने धनुषामा रमेश कुमार बस्नेतको गरिएको छ। त्यस्तै झापामा भने कृष्ण कोइरालालाई पठाइएको छ।
चितवनका दान बहादुर मल्लको बिमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको छ भने स्याङ्जामा जनर्दन जिसीलाई पठाइएको छ। प्रदेश ट्राफिक कार्यालय बारामा भने श्याम कुमार महतोलाई पठाइएको छ।
त्यस्तै, रवीराज खड्काको रौतहटमा सरुबा भएको छ। भने कंचनपुरमा मुकुन्द मरासनीको सरुवा भएको छ । यसैक्रममा मकवानपुरमा सुशिल सिंह राठौरको सरुवा भएको छ भने रन्जु सिग्देललाई सिन्धुली पठाइएको छ। चितवनका दानबहादुर मल्लको बिमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको छ ।
यस्तो छ सूची हेर्नुहोस्
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2019/12/sp-saruwa-2076-09-04.pdf”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया