बच्चा अपहरण गरेर बन्धक बनाउने दुईजना पक्राउ

काठमाडौं । तीन जना बच्चा अपहरण गरेर होटलमा बन्धक बनाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा–१० घर भइ काठमाडौं बस्दै आएका विनोद थापा मगर र होटल सञ्चालक छन् ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार २९ मंसिरमा आमा पोखरा गएका छोरा, छोरी र भान्जीको अपहरण भएका थिए ।

अपहरण गरेर टोखा–९, शान्ति टोलस्थित होटल ब्लू स्टारको कोठा नं. ४०४ मा लगेर बन्धक बनाएर राखिएको थियो। बन्धक बनाएर तीन लाख रुपैयाँ फिरौती माग गरीएको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?